अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर १ किशोरीको मृत्यु भएको छ ।
तुर्माखाँद गाउँपालिका–५ नाडा बैँसका रामबहादुर शाहीकी १८ वर्षीया छोरी दुर्गा घाँस काट्न साजकाे रूखमा चढेका बेला रूखबाट झरेकी थिइन् ।रूखबाट लडेर गम्भीर घाइते भएकी शाहीलाई उपचारका लागि सुर्खेत लैजाँदै बाटोमै मृत्यु भएको प्रहरी चौकी तुर्माखाँदले जानकारी दिएको छ ।उनकाे टाउकोमा गहिराे चोट लागेको प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी तुर्माखाँदका सहायक प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दैलेख र सुर्खेतको सिमाना रातानाङ्ला नजिकै मृत्यु भएको जानकारी दिए ।अछामको दुर्गम क्षेत्र भएकाले असपताल पुर्याउन ढिला हुँदाे उनकाे मृत्यु भएकाे बताइएकाे छ ।
उनी कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत थिइन् । उनी अध्ययनरत विद्यालयले उनकाे निधनकाे शाेकमा फागुन २६ गते १ दिन राष्ट्रिय झन्डा झुकाएर शाेक बिदा दिएकाे छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६