तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट १ जनालाई पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताएका छन् ।
पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो ।
गुरागाईं विरुद्ध १ महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि लुकीछिपी बसेको अवस्थामा मंगलबार साँझ इटहरीबाट प्रक्राउ गरी उनलाई दाङ ल्याइएको हो ।
गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताए । गुरागाईंले दिएको ३ लाख २० हजार रुपैयाँको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए । रासस
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६