काठमाडौं । निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विस्फाेट गराएको आशंकामा १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी वृत ठिमीको टोलीले मनोहरा सुकुम्बासी बस्तीबाट ५० वर्षीय देव गुरुङलाई पक्राउ गरेकाे हाे । उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विस्फाेट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरीकाे दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरीकाे तयारी छ ।
भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । विस्फाेटबाट बाँस्काेटासहित छिमेकी घरमा समेत क्षति पुगेकाे थियाे ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६