काठमाडौं । बुधबार देशका पश्चिमी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको असरले पश्चिमी तथा मध्य पहाडी क्षेत्रको केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख गरिएको छ । मौसम पुर्वानुमानका अनुसार अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली हुने छ ।
बुधबार र बिहीबार कमजोर रहने पश्चिमी वायु शुक्रबारदेखि भने सक्रिय भएर देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पार्ने सम्भावना छ ।
हेर्नुहोस् आगामी ३ दिनको मौसमी अनुमानः
फागुन २८ गते बुधबार
दिउँसोः देशभर पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी तथा मध्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
रातीः देशभर पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
फागुन २९ गते बिहीबार
दिउँसोः देशका मध्य र पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
फागुन ३० गते शुक्रबार
दिउँसोः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ । पश्चिमी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। केही स्थानमा असिना र हावाहुरीको समेत सम्भावना छ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
रातीः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ । पश्चिमी भूभागलगायत मध्यका धेरै स्थानमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ । पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६