शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि बेपत्ता १० जनामध्ये १ जनालाई ६९ घण्टापछि मंगलबार बिहान जीवितै उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।
भग्नावशेषमा पुरिएका ९ जनाको अवस्था अझै पनि अज्ञात रहेको बताइएकाे छ ।
लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर बेपत्ता बाँकी व्यक्तिको पनि उद्धार जारी छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । उक्त घटनामा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
होटेल भत्किँदा कम्तीमा ७१ जना पुरिएका थिए । उद्धारकर्ताहरूले हराइरहेका अन्य ९ व्यक्तिको खोजी जारी राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६