काठमाडौं । नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ ।
मंगलबार निगमले १ विज्ञप्ति जारी गर्दै कतारको दोहा उडान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको हो ।
कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि १ भएकाले १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो, निगमको विज्ञप्तिमा उल्लेख छ ।
तत्कालका लागि दोहा उडान गरेको निगमले २०७६ फागुन २६ गते र सोभन्दा पछिका उडानका टिकटको पूरै रकम उपलब्ध गराउने समेत जानकारी दिएको छ ।
यसका साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्थासमेत गरेको उल्लेख जानकारी दिएको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६