बैतडी । चितुवको आक्रमणबाट जिल्लाकाे मेलौली नगरपालिका–९ की ९ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ ।
लुहारलाई मंगलबार बिहान ४ बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५ सय मिटर टाढा फेला परेको थियाे ।
प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, ‘यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।’
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६