गोरखा । गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा मंगलबार बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकाेप्टरबाट उद्धार गरी काठमाडाैं पठाइएको छ ।
गम्भीर घाइते भएका ४ जनालाई माउन्टेन एअरको हेलिकाेप्टरमार्फत काठमाडाैं पठाइएको गाउँपालिकाले जनाएको छ । गम्भीर घाइतेहरु १८ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, २३ वर्षीय विनोद गुरुङ र ३३ वर्षीय श्रीमान गुरुङलाई हेलिकाेप्टरबाट काठमाडाैं पठाइएकाे गाउँपालिकाका लेखापाल गङ्गाबहादुर घलेले जानकारी दिए ।
उनीहरूलाई काठमाडौंस्थित ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बारपाक सुलिकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान छहरेखोलाको भीरबाट खस्दा ११ जना घाइते भएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६