काठमाडौं । ठगीको आरोप लागेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले मंगलबार बिहान आत्मसमर्पण गरेका हुन् ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भेटवालले आत्मसर्मपण गरेको बताए । जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक रेहका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।
उच्च अदालत पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए ।
२०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ ।
भेटवाल काठमाडौंको पुरानो बसपार्कमा निमार्णाधीन भ्यु टावरका मुख्य ठेकेदार हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६