सप्तरी । एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले ४ युवकलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई जनही १० वर्षको कैद सजाय सुनाएको हो।
फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका-३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।
पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा २८ फागुन २०७४ मा गते उजुरी दिएकी थिइन् ।
सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २६ चैत २०७४ माा वारेण्ट जारी भएपछि अदालत हाजिर भएका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६