कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका– १ मा १ महिलामाथि एसिड प्रहार गरिएको छ । एसिड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् ।
गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।
महिलाको निधार र शरीरमा एसिड लागेको छ । एसिड आक्रमणपछि घाइते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले एसिड प्रहार गरेको बताइएको छ । वरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रीमा राख्ने एसिड फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् ।
प्रहरीले वरईको पसलबाट ५ लिटर एसिडसमेत बरामद गरेको छ । एसिड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा छन् । उनलाई ज्यान मार्ने उद्योगअनतर्गत मुद्दा दर्ता गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६