विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) शनिबारसम्म १ सय ३ देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९५ पुगेको छ ।
यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीव्र रुपमा फैलिँदै गएको छ। कोरोना संक्रमितमध्ये सबैभन्दा बढी चीनमा ८० हजार ६ सय ९६ जना संक्रमित छन् । चीनमा नयाँ ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ९७ पुगेको छ ।
त्यस्तै दोस्रो धेरै संक्रमण फैलिएको दक्षिण कोरियामा ५० जनाले ज्यान गुमाएका छन् भने ७ हजार १ सय ३४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ५ हजार ८ सय ८३ संक्रमित रहेको र ३ सय ३३ जनाले ज्यान गुमाएको समाचार प्रकाशन भएका छन् ।
इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ । त्यस्तै शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको र मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ ।
इरानमा १ सय ४५ जनाको ज्यान गएको छ भने त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ । दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने ७ हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ ।
युरोपेली देशहरु फ्रान्स, जर्मनी, स्पेन, बेलायत, बेल्जियममा पनि यसको संक्रमण तीव्र रुपमा फैलिरेहको छ । त्यस्तै जापानमा पनि यसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन् । यसको संक्रमण अर्जेन्टिनामा पनि पुगेको छ । अर्जेन्टिनामा १ जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेकाे छ। त्यस्तै मृत्यु हुनेको संख्या ३ हजार ६ सय छ भने विगत २४ घण्टामा १ सय ६ जनाको ज्यान गएको छ । त्यस्तै ६० हजार १ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६