काठमाडाैं । शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुन थालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ ।
विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुने छ।’ त्यस्तै उसले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिलसमेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६