रंगेली । मोरङकाे रंगेली नगरपालिका ६ मा २००८ सालमा स्थापना भएको पब्लिक माध्यमिक विद्यालय नमुना विद्यालय अन्तर्गत पूर्वाधार विकासका लागि छनोट भएको छ ।
जिल्लाका ८ विद्यालयहरुलाई सरकारले नमुना विद्यालयमा समावेश गरेसँगै पब्लिक पनि नमुना विद्यालयकाे रुपमा छनोट भएको हाे ।
भवननिर्माणका लागि अमिषा निर्माण सेवा एन्ड सप्लायर्स काठमाडाैंले करिब ४ करोड रुपैयाँको लागतमा ठेक्का पाएको छ । आरसिसी स्ट्रक्चरमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी तथा हरेक तल्लामा ४ कक्षा कोठा र सुविधा सम्पन्न शौचालय रहने निर्माण हुने भएको छ ।

विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले भवनको शिलान्यास गरेका थिए ।
पहिलो चरणमा ३ तल्ले १२ कोठे भवन स्वीकृत भएको छ । निर्माण कम्पनीले २ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६