काठमाडौं । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको सेयर काराेबार मापक नेप्से आज पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ ।
नेप्से ओरोलो लागेपनि काराेबार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ । कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता सेयर रु दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए ।
काराेबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ ।
यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
काराेबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ८७ लाख १९ हजार ८६६ मूल्य बराबरको सेयर काराेबार भई शीर्षस्थानमा रह्यो ।
यस्तै एनएमबी बैंक रु १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक रु नौ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स रु आठ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक रु छ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको रु छ करोड ४४ लाख ८० हजार बराबरको काराेबार भई शीर्षस्थानमा रहे ।
काराेबारका आधारमा आज मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.०१ प्रतिशतले कमाए । यसैगरी नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका सेयरधनीले ४.६० प्रतिशतले गुमाए ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६