काठमाडौं । समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेलकी श्रीमती कलाले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएकी छिन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सञ्जेलकी पत्नीसहित ३ जनालाई सफाइ दिएको हो ।
अदालतले कला, अस्पतालमा कार्यरत तीर्थकुमारी र विद्यार्थी संगीतालाई पनि सफाइ दिएको हो ।
बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापको दोरम्बा निवासी २७ वर्षीया विमला तामाङले ९ महिनाअघि आत्महत्या गरेपछि कला सञ्जेललविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको थियो ।
उनीहरुविरुद्ध विमलाका आफन्तहरुले आक्रमणको प्रयाससमेत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६