काठमाडाैं । पछिल्लाे समय निरन्तर वृद्धि हुँदै आएकाे सुनकाे मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबारकाे तुलनामा तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएकाे हाे ।
मूल्य बढेसँगै बिहीबार सुन ताेलाकाे ८० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार एकै दिन तोलामा २२ सय रुपैयाँ बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासंघ अन्तर्गत भाउ निर्धारण समितिले जनाएको छ ।
चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६