कपिलवस्तु । विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले २ वटा जेसिबी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेकाे छ ।
हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एन्ड शर्मा कम्पनीको ती सामग्रीमा गएराति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।
आगो किन र कसले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेकाे र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६