काठमाडौं । ‘बलात्कार’को आरोपमा सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित नेकपा सांसद अक्कल रावल बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।
प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते बलात्कार गरेकाे आराेप लगाएकी छिन् ।
रावलले प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका थिए । बुधबार प्रहरीमा उपस्थित भएका रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
रावलले भने आफूमाथि लगाइएको आरोप झुठा भएको भन्दै आफूलाई फसाइएको बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६