काठमाडाैं । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेकाे छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार ५ सय र तेजाबी सुनको मूल्य ८० हजार २ सय रुपैयाँ तोकेको छ।
मंगलबार बजारमा सुनको भाउ छापावाल प्रतितोला ७८ हजार २ सय र तेजावी ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी मंगलबार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि बुधबार २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको छ।
काेराेना संक्रमणका कारण विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६