इटहरी । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका ‘सिद्वबाबा’ भनिने कृष्णबहादुर गिरीलाई अदालतले कारागार चलान गरेकाे छ ।
मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका गिरीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गिरी अदालतमा उपस्थित भएको जानकारी पाएलगतै प्रहरी त्यहाँ पुगेको थियो ।
विराटनगरस्थित उच्च अदालतले अनुयायीमाथि बलात्कार गरेको आरोपमा ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गिरी भने अदालतमा बहस हुँदै गर्दा भारततर्फ फरार भएका थिए ।
मंसिर १६ गते जिल्ला अदालत सुनसरीले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्लाको आदेश उच्च अदालतले उल्टाइदिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६