काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मिर्गाैला पुनःप्रत्यारोपण हुने भएको छ ।
आइतबार बालुवाटारामा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गाैला पुनःप्रत्यारोपणबारे जानकारी गराएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीकाे मिर्गाैला पुनःप्रत्यारोपण हुने बताइएकाे छ । प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन लागेका हुन् । यसअघि २०६३ मा भारतको अपोलो अस्पतालमा ओलीकाे मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
पछ्ल्लाे समय उनको नियमित डायलासिस गरिँदै आएको छ । नियमित डायलासिस वा पुनःप्रत्यारोपणका २ विकल्प बाँचेपछि चिकित्सकहरुसँगकाे परामर्शपछि उनले पुनः प्रत्यारोपणको विकल्प रोजेका हुन् ।
यसैबीच, मिर्गौला प्रत्यारोपण गर्नका लागि ओलीकी नातिनी पर्ने १ महिलाले मिर्गाैला दिने भएकी छिन् । शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी मिर्गाैला दिन तयार भएकी हुन् । गोपनीयताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन ।
यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६