काठमाडौँ । केही समयदेखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य केही दिनयता भने घट्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज आइतबार सुनको मूल्य १२ सय रुपैयाँ घटेको छ ।
शुक्रबार छापावाला सुन ७९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार १२ सयले घटेर ७८ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनकाे मूल्य तोलाको ७७ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आजको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर तोलामा ८ सय ६० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६