बर्दिबास । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौल गाउँ निवासी ६१ वर्षीय सहदेवप्रसाद यादवको हत्या प्रयास भएको छ ।
अज्ञात व्यक्तिले आइतबार बिहान गोली हान्दा यादव गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते यादवको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको बताइएको छ । एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारीअनुसार बिहान घरबाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी छ ।
घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने २ राउन्ड गोलीका खोका र १ राउन्ड गोली बरामद गरेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६