काेभिड–१९ अर्थात् काेराेना भाइरसकाे सङ्क्रमणबाट अस्ट्रेलियामा पनि एक जनाकाे ज्यान गएको छ ।
जापानमा क्वारेन्टाइनमा राखिएको डायमन्ड प्रिन्सेस पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।
काेराेनाबाट ज्यान गुमाएका ती पुरुषकाे परिचय भने खुलाइएकाे छैन । ती पुरुषकाे पर्थमा रहेकाे सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे अधिकारीहरुले बताएका छन् ।
ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएकाे थियाे । क्वारेन्टाइन क्याम्पबाट आइसाेलेशनमा पुर्याइएपछि उनकी पत्नीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे । मृतककी पत्नीकाे अहिले आइसाेलेसनमा उपचार भइरहेकाे छ ।
यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेकाे छ ।
वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाकाे घाेषणा गरेका छन् ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसकाे सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।
चीनबाट फैलन सुरु भएको कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६