रंगेली । रंगेली नगरपालिकामा १२औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको विधिवत रुपमा सुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय प्रतियोगिता शुक्रबार उद्घाटन गरिएकाे हाे । नगरपालिकाभित्र रहेका १२ वटा सामुदायिक विद्यालय र ७ वटा निजी विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्रछात्राले प्रतियाेगितामा सहभागिता जनाउने छन् ।
उद्घाटन खेलमा प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिवकुमार मण्डलले सिठी बजाएर १५ सय मिटर दाैडकाे उद्घाटन गरेका थिए । उद्घाटन समाराेहमा रंगेरी नगरपालिकाका मेयर दिलीप बगडिया, कार्यकारी अधिकृत टाेमप्रसाद सुवेदी, वडाध्यक्ष रामचन्द्र मण्डल, विभिन्न विद्यालयका शिक्षकहरु उपस्थित थिए ।
प्रतियोगितामा दाैड, कबड्डी, भलिबल, सर्टफुट, हाईजम्प लगायत विभिन्न खेल बताइएकाे छ । आइतबारसम्म सञ्चालन हुने प्रतियाेगिताअन्तर्गतका सम्पूर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने आयाेजकले जनाएकाे छ ।
खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई आइतबार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने शिक्षा शाखा प्रमुख रवीन्द्रकुमार पण्डितले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६