भारतको नयाँदिल्लीमा नागरिकता संशोधन कानुन (सिएए) को समर्थक र विरोधी समूहबीच भड्किएको हिंसामा परी ३२ जनाकाे मृत्यु भइसकेकाे छ ।
दिल्लीको गुरु तेगबहादुर अस्पताल (जिटिबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा २ घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।
४ दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी सयौं मानिस घाइते भएका छन् ।
नागरिकता संशोधन कानुनविरुद्ध सडक अवरुद्ध गर्न पुगेका प्रदर्शनकारीविरुद्ध उक्त कानुनको समर्थकहरु उत्रिएपछि आइतबार हिंसा भड्किएको थियो । त्यसयता भइरहेको प्रदर्शनमा मारिनेको संख्या बढ्दै गएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६