काठमाडौं । पश्चिमी वायुका कारण बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्हरुले जनाएका छन् ।
मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।
पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने र हिमाली भेगमा हिमपात हुने कारण सबैमा सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६