काठमाडाैं । काठमाडाैंकाे चाबहिलमा साेमबार ज्येष्ठ नागरिक प्रतिभा प्रदर्शन कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
जन्मभूमिलाई मात्र नभई जन्म र कर्म दिने वृद्ध बाआमाको पीर, वेदना र सुखदुःखलाई समेत अनुभूत गर्दै ज्येष्ठ नागरिकहरूमा भएकाे प्रतिभाकाे खाेजी गर्न र उनीहरूकाे भावना पाेख्ने थलाे स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे ।
राेटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान ज्येष्ठ नागरिक उपसमिति, वृद्ध नागरिक सेवा समाज चाबहिल, रोटरी क्लब दरबारमार्ग र रोटरी क्लब काठमाडौं नर्थकाे संयुक्त आयाेजनामा भएकाे साे कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरू जसले आफ्नो जीवनकालमा साच्चै प्रशंसनीय र रचनात्मक कामहरू गरे पनि उनीहरु उपेक्षाको शिकार भई एक्लिन थालेपछि एक्लाेपन हटाउन प्रयास गरिएकाे अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव तथा राेटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान ज्येष्ठ नागरिक उपसमितिका अध्यक्ष छत्र प्रधानले जानकारी दिए ।
वृद्धवृद्धाका रुग्ण, दारुण अनि दमित आवाजहरुलाई कला र प्रतिभा प्रस्तुतिका माध्यमबाट सार्वजनिक गरेर मानिस बूढो भए पनि उसको इच्छा, आकांक्षा, प्रतिभा अनि जोस र जाँगर कहिल्यै बूढो हुँदैन भन्ने मूल सन्देश कार्यक्रमले दिएकाे बताइएकाे छ ।
यस कार्यक्रमले ज्येष्ठ नागरिकहरूको विविध प्रतिभाको खोजी, अनुुसन्धान, लुकेका प्रतिभालाई उजागर साथै प्रोत्साहित गर्दै प्रतिभा प्रदर्शनका लागि प्रभावकारी मञ्च उपलब्ध गराएको छ । जसबाट ज्येष्ठ नागरिकमा रहेका चिन्ता, एक्लोपन, निरासा र उकुसमुकुसहरूलाई निवारण गर्ने विश्वास गरिएको छ ।
समाजका ज्येष्ठ र पाका व्यक्तिहरूको अनुहारमा खुसी देखिँदा त्यसको प्रत्यक्ष र परोक्ष प्रभाव सबै नागरिक समाजमा पर्ने प्रधानले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६