काठमाडौं । २०७२ सालको विनासकारी महाभूकम्पले देशमा ठूलो जनधनको क्षति पुर्यायो । गोरखाको बारपाकलाई केन्द्र बनाएर भएको त्यो कम्पनले बनाएको घाउ अहिलेसम्म पनि मेटिन सकेको छैन ।
त्यस भूकम्पमा परी घरबारविहीन भएका कतिपय अहिले पनि टहरा र अर्काकै घरको आश्रयमा बस्न बाध्य छन् भने अधिकांश सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरू पुननिर्माण हुन सकेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएका सम्पदाहरु अहिले पनि त्यत्तिकै छन् भने केही पुनःनिर्माणकै क्रममा छन् ।
तर भक्तपुर जिल्लामा अवस्थित ऐतिहासिक सम्पदा क्षेत्र भक्तपुर दरबार क्षेत्रमा भने पुनःनिर्माणले पूर्णता पाएर पुरानै अवस्थामा फर्किएको छ । प्राधिकरणको भर नपरी भक्तपुर नगरपालिका आफैँले यो क्षेत्रको पुनःनिर्माण गरेको हो ।
हेरौं भक्तपुर दरबार स्क्वायर र पाँचतले न्यातपोल मन्दिर पुनःनिर्माण भएपछिका केही तस्बिरः
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६