दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् ।
तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ । केही दिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १ सय ६१ जनामा थप सङ्क्रमण देखिएको छ ।
दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७ सय ६३ पुगेको सोमबार जनाइएको छ ।
त्यसैबीच कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६