काठमाडाैं । प्रहरीले खैरो हेराेइनसहित झापाकी १ युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४.२६ ग्राम खैरो हेरोइनसहित झापाको शिव सताक्षी नगरपालिका-११ की २३ वर्षीया बिना डाँगीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार डाँगीले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा हेराेइन बरामद भएको हो । डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६