काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडाैंकाे चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेकाे भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरको अवलोकन गरेका छन् ।
साे अवसरमा मुख्यमन्त्री पौडेलले सवारी चालक अनुमति पत्र प्राप्त गर्न सर्वसाधारणले प्रयोगात्मक परीक्षा दिँदा के कस्तो समस्या छ र तिनको समाधानका लागि के गर्नुपर्छ ? भेइकल सेन्टरले के कसरी सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहयोग पुर्याएको छ भन्ने लगायतका विषयमा चासो राखेकाे सेन्टरले जनाएको छ ।
उनले सवारी चालक अनुमतिपत्र लिन सर्वसाधारणको चाप रहेकाले त्यसलाई व्यवस्थित गर्ने बिषय प्रदेश सरकारको प्राथमिकतामा परेको जानकारी गराए ।
भेइकल सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सेन्टरले जिम्मेवारीपूर्वक काम गरेको भन्दै सेवाग्राहीबाट कुनै प्रकारको गुनासो नआओस् भन्ने ढंगले काम गरिरहेको बताए ।
उक्त भेइकल सेन्टरमा स्कुटर, मोटरसाइकल, साना, मझौला तथा ठूला सवारी साधनको चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६