काठमाडौ । टर्की र ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय अपराध महाशाखा टेकुका अनुसार मोरङ जिल्लाको रतुवामाई वडा नम्बर ६ बुधबारे घर भई हाल काठमाडौँ वडा नम्बर ६ चुच्चेपाटी बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रिसमा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी ठगी गरेका थिए ।
प्रहरीका अनुसार पोखरेलले विभिन्न मितिमा ३२ जना व्यक्तिसमेतको ३९ लाख ५६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भई अलपत्र पारी रकम ठगी गरेको भनी गोपीराम पराजुलीले महाशाखामा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले पोखरेललाई टेकुबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६