काठमाडौं । काठमाडौंस्थित डिएभी सुशील केडिया विश्वभारती स्कुलमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्टार इन्डिया ग्रुपको आयोजनामा भएको सो कार्यक्रमसँगै स्टार इन्टरनेसनल एजुकेसन अवार्ड २०२० तथा भारत गौरव रत्न अवार्डसमेत वितरण गरिएको थियो ।
भारतीय कलाकारहरु अदिति जमजाडे, संजुक्ता मुखर्जि, स्वाति शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा बामबुरकर र सुनिता जमजाडेले भारत गौरव रत्न अवार्ड प्राप्त गरे ।
यसैगरी इन्टरनेसनल एजुकेसन अवार्ड डिएभी स्कुलले हात पारेको छ भने बेस्ट लिडरसिप अवार्ड सोही स्कुलका अध्यक्ष अनिल केडियाले प्राप्त गरेका छन् । सोही स्कुलको प्रिन्सिपल भुवनेश्वरी रायले बेस्ट प्रिन्सिपल अवार्ड जितिन् ।
कार्यक्रममा अतिथिको रुपमा स्टार इन्डिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र कार्यवाहक भारतीय राजदूत डा. अजय कुमार उपस्थित थिए । कार्यक्रममा स्टार इन्डिया ग्रुपका डाइरेक्टर सुनिल कुमारले नेपाल भारत सांस्कृतिक विरासतको केन्द्रका रुपमा मानव कल्याण र भ्रातृत्वका लागि अध्ययनको केन्द्र रहेको बताए ।
उक्त सांगीतिक तथा अवार्ड वितरण समारोहमा १ हजार जनाभन्दा बढी मानिस उपस्थित भएको डिएभी स्कुलले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६