अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार २ साना विमानहरु आकाशमै आपसमा ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।
प्रहरीले दुवै विमानमा १-१ जना पाइलट र १-१ जना यात्रु सवार रहेको जनाएको छ । ती २ विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।
दुवै विमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६