काठमाडाैं । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको मङ्गलबार निधन भएकाे छ ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए । दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उनकाे उपचार हुँदै आएकाे थियाे ।
विसं २००१ कात्तिक १ गते जन्मिएका ज्ञवाली विसं २०४८ को आमचुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
उनको निधनप्रति नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। नेपाली काङ्ग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ , उनले भनेका छन्, नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्वर्गीय ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६