जनकपुर । एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
महोत्तरी औरही गाउँपालिका २५ वर्षीय नरेश महतो र भारत मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र साहलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।
महिलासहित पक्राउ परेका दुवै जनालाई मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेका थिए । बलात्कार गर्नेमध्ये २ जना पक्राउ परेकाे र फरार रहेका २ जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६