काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई याैन दुर्व्यवहार गरेकाे आराेपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ जारी छ ।
उनीविरुद्धकाे मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको हाे । सरकारी वकिलले बहस गरिसकेकाे र महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत स्राेतले जानकारी दिएकाे छ ।
अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने सम्भावना रहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।
यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै १ महिनाभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन आदेश गरेकाे थियाे ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६