काठमाडाैं । संघीय संसदअन्तर्गतकाे राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको मृत्यु भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार निधन भएको हो ।
आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको आफ्नै निवासमा निधन भएको हो । उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय थिए। हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका उनी यसअघि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सभापति थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६