कुवेतको बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुनेकाे संख्या ६ पुगेकाे नेपाली दूतावास कुवेतले जनाएको छ । मंगलबार जमिन खन्ने क्रममा १३ नेपाली पुरिएको आशंका गरिए पनि ६ जनाको मृत्यु भएको दूतावासका द्वितीय सचिव मनोज सिंहले जानकारी दिए ।
‘खोजी कार्य जारी छ, हामी साइटमै छौं । ६ नेपालीको मृत्यु भएको भए पनि केही समयपछि मात्र सबै विवरण दिइने छ’, उनले भने ।
यसैबीच उक्त कम्पनीमा कार्यरत अन्य कामदारले असुरक्षित काम भन्दै धर्ना दिइरहेको पनि स्राेतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६