कुवेतको एउटा निर्माणस्थलमा पहिरोमा पुरिएर ४ नेपाली कामदारको मृत्यु भएको छ । काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए ।
कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तीमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए ।
पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । जसमध्ये ४ नेपालीको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ । थप ३ जना नेपाली मजदुर अझै हराइरहेका छन् ।
उद्धारकर्ताहरुले उनीहरुको खोजी जारी राखेको बताएका छन् । घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६