आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले फेब्रुअरी १६ मादिल्लीको मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनी तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लागेका हुन् ।
शपथ ग्रहण समारोह रामलीला मैदानमा आयोजना हुने छ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।
आपले कुल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार ३ पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुवै चुनावमा खाता समेत खोल्न सकेन ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६