काठमाडौं । आइसिसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि पारस खड़काले २० रन बनाए भने दीपेन्द्रसिंह एरीले १५ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भएका थिए ।
यसअघि नेपाले पहिले बलिङ गरेर अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गरेको थियो । सन्दीप लमिछानेले ६ विकेट लिएपछि अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भएको थियो ।
नेपालका लागि सन्दीप लमिछानेले ६ विकेट लिएका थिए । सन्दीपले ६ ओभरमा एक मेड़नसहित १६ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै सुशान भारीले पनि ४ विकेट लिएका थिए । सुशानले ३ ओभरमा एकमेडनसहित ४ विकेट लिएका थिए ।
योसँगै डिभिजन लिग-२ को यो त्रिकोणीय सिरिज सकिएको छ । जसमा ओमानले ४ खेल जित्यो भने नेपालले २ खेल जित्यो ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६