काठमाडाैं । जिल्ला अदालत काठमाडौँले गुण्डागर्दी तथा लागुऔषध तस्करीमा संलग्न रमेश बाहुन भनेर चिनिने सुजन पौडेललाई १० वर्ष कैदकाे फैसला सुनाएकाे छ ।
रमेश बाहुनलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले यस्तो सजाय सुनाएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
बाहुनलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेयता उनी थुनामै छन् । उनलाई न्यायाधीश दाहालको इजलासले लागुऔषधसम्बन्धी मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हाे ।
प्रहरीले नेपाली सेनाका भगौडा उनलाई २०७१ मा काठमाडौंबाट पेस्तोल र खैराे हेराेइनसहित पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध २०७१ साउन १४ गते लागुऔषध कारोबारमा मुद्दा चलाएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६