काठमाडौं । भारतको नया दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएकाे छ । गणनाकाे सुरूमै आम आदमी पार्टीले अग्रता लिएकाे छ ।
आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ ।
दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिस्पर्धा भएकाे हाे । गत निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो भने बिजेपी ३ सिटमा विजयी भएको थियो ।
मत सर्वेक्षणहरूमा पनि विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको थियो । सर्वेक्षणहरुमा ६६ सिटमा आम आदमी पार्टी विजयी हुने देखाएको थियो।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६