काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीफ स्कुलको आयोजनामा जारी छैठौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार लिग चरणका ४ खेल सम्पन्न भएका छन् ।
सोमबार भएको पहिलो खेलमा एम्ब्रोसिया इन्टरनेशनल स्कुल र जेम्स स्कुलले १–१ गोलको बराबरी खेलेका छन् । एम्ब्रोसियाका तर्फबाट दीपेन खत्रीले १ गोल गरे भने जेम्सका तर्फबाट आदित्य थापाले गोल फर्काएर खेलमा बराबरी गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा रिब्स स्कुलले बाघभैरव बोर्डिङ स्कुललाई ४–० गोलको फराकिलो अन्तरले पराजित ग¥यो । रिब्सका शाश्वत वाग्लेले १, आयुष खड्काले २ र अनमोल पाख्रिनले १ गोल गरेका थिए ।
त्यसैगरी भएको तेस्रो खेलमा ल्याबरोटरी माविले लोयल्टी एकेडेमीलाई ३–० गोलअन्तरले पराजित ग¥यो । ल्याबरोटरीका तर्फबाट रविन तामाङ २ र समीर स्यानह्याङले १ गोल गरेका थिए ।
अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालयले पुष्पसदन आवासीय माध्यमिक विद्यालयलाई ५–२ गोल अन्तरले पराजित ग¥यो । सैनिक आवासीयका तर्फबाट विमर्श थापाले ह्याट्रिक गरेका थिए भने विमर्श विष्टले १ र सुशान्त सापकोटाले १ गोल गरे । पुष्पसदन आवासीय माध्यमिक विद्यालयका तर्फबाट नुर्बु तामाङले १ र एलेक्स खड्काले १ गोल फर्काएका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार पनि ४ खेल हुने आयोजक नेपाल एपीएफ स्कुलका खेखकुद संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए । मंगलबार राराहिल मेमोरियल स्कुल र नेपाल पुलिस स्कुल, ग्रिन भिलेज एजुकेसन फाउन्डेसन र जनसेवा उच्च मावि कीर्तिपुर, ब्राइट होराइजन चिल्ड्रेन होम स्कुल र एम्ब्रोसिया इन्टरनेसनल स्कुल तथा साल्भिनिया एकेडेमी र पुष्पसदन आवासीय माध्यमिक विद्यालय कीर्तिपुरबीच प्रतस्पिर्धा हुने प्याकुरेलले बताए ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६