काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर ८ लाख रुपैयाँ लिएको खुल्न आएको छ ।
पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६