काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीकाे हत्या प्रयास भएकाे छ भने घरमा काम गर्ने कामदार मृत फेला परेका छन् ।
सानेपास्थित कार्कीकाे निवासमा १ जनाकाे शव र १ जना अचेत अवस्थामा फेला परेका हुन् । कार्कीकी श्रीमती मुना कार्की घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी थिइन् ।
गम्भीर अवस्थामा रहेकी मुनालाई अहिले सानेपामा रहेको स्टार अस्पतालमा उपचारका लागि लगिएको छ ।
यस्तै घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव फेला परेको छ । कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या प्रयास गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुन्डिएको पाइएको छ ।
पूर्वसचिव कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा बीभत्स अवस्थामा फेला पारेका थिए । कार्कीका १ छोरा र २ छोरी छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर गएकाे बताइएकाे छ ।
घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।
*यसअघि प्राप्त सूचनामा त्रुटि भएर समाचारमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याइएकाे छ ।*
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६