काठमाडौं । नेपाल एपीफ स्कुल कीर्तिपुरको आयोजनामा भइरहेको छैठौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार ४ खेल सम्पन्न भएका छन् ।
शुक्रबार भएको पहिलो खेलमा ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले जेम्स स्कुललाई ३–१ गोलअन्तरले पराजित गर्यो । ब्राइट होराइजनलाई विजयी गराउन गोराबहादुर ऐडीले ह्याट्रिक गरेका थिए भने प्रंशु जोशीले जेम्स स्कुलको तर्फबाट १ गोल गरे ।
त्यसैगरी शुक्रबार भएको दोस्रो खेलमा लिटल एन्जल्स स्कुल हात्तीबनले न्यु भिजन एकेडेमीलाई ९—० को फराकिलो गोलअन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुललाई विजयी गराउन लक्ष महर्जनले ४ गोल, कासर रावलले १, बर्गब सिलवालले २, प्रसिद्ध घलेले १ र सुवर्ण बस्नेतले १ गोल गरेका थिए ।
यसैगरी भएको तेस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले साल्भिनिया एकेडेमीलाई १०–० को फराकिलो अन्तरले पराजित गर्यो । सैनिक आवासीय महाविद्यालयको तर्फबाट आयुष फुयालले २, विमर्श थापाले ४, विमर्श विष्ट १ र सुशान्त सापकोटाले ३ गोल गरेका थिए ।
त्यसैगरी आज भएको अन्तिम खेलमा आयोजक नेपाल एपीएफ स्कुलले रिब्स स्कुल सतुंगललाई ४–० गोल अन्तरले पराजित गर्यो । आयोजक टिमलाई विजयी गराउन सुरज खत्रीले ३ र सुलभ सेनले १ गोल गरेका थिए ।
त्यसैगरी प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका ४ खेल हुने नेपाल एपीएफ स्कुलका खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए । शनिबार पहिलो खेल राराहिल मेमोरियल स्कुल र पुष्प सदन बोर्डिङ हाइस्कुलबीच हुने छ भने दोस्रो खेल ग्रिन भिलेज एजुकेसन फाउन्डेसन र एम्ब्रोसिया इन्टरनेसनल स्कुलबीच हुने बताइएको छ ।
यसैगरी तेस्रो खेल बाघ भैरव बोर्डिङ स्कुल र हारती शिक्षा मन्दिर तथा अन्तिम खेल ल्याबोटरी मा.वि. र न्यु भिजन एकेडेमीबीच हुने खेल संयोजक प्याकुरेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६